Connect with us
Kapilvast Forest

कपिलवस्तुमा पनि मनाइयो ३९ औ बिपि स्मृति दिवस

२०७८, ६ श्रावण बुधबारमा प्रकाशित

कपिलवस्तु-जननायक तथा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बिपि कोईरालको ३९ औ पुन्य स्मृतिमा कपिलवस्तुमा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा बालगृहका बेसाहरा बालकलाई बिहानको खाना खुवाइएको छ । नेपाल कांग्रेस कपिलवस्तुको सहयोगमा तौलिहवा स्थित बाल गुहका २९ बालकहरुलाई भोजन गराइएको हो ।

सो अवसरमा कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले बालगृहमा पुगेर बालकहरुको थालमा भात पस्केर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो   । सो अवसरमा कांग्रेस युवा नेता प्रकाश घिमिरे, कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, कांग्रेस नगर कार्यबाहक सभापति प्रशान्त काकी, प्रेस युनियनका जिल्ला सभापति गोपाल भन्डारी, नेता दिनेश हमाल गोपीकृष्ण शर्मा लगायतको सहभागीता रहेको थियो ।

उता बिपि स्मृति दिवसमा पार्टीले तौलिहवा स्थिति कांग्रेसको पार्टी कार्यालयमा स्मृति दिवस संपन्न गरेको छ । सो अवसरमा पार्टीको आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंहले बिपिको बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउन् भयो भयो । उहाँले २०१५ सालको पहिलो आम निर्वाचन तथा २०४६ सालको प्रजातन्त्र आउनुमा पनि बिपि कै ठुलो योगदान रहेको चर्चा गर्नु भयो  । उहाँले २०१७ सालका बिपिको निर्वाचित सरकारलाई हटाएर राजा महेन्द्रले पंचायती ब्यवस्था लागु गरे पनि बिपिको ब्यक्तित्व र बिचारलाई कदर गर्ने गरेको बताउनु भयो । ‘ बिपिको बिचार, ब्यक्तित्व र सादगी बर्तमान परिबेशमा पनि सान्दर्भिक छ ’ उहाँले भन्नु भयो ।

पार्टी सभापति सुरेन्द्रराज आचार्यले बिपिको राष्ट्रियता, प्रजातन्त र समाजबाद तथमा मेलमिलापको नीति अहिलेको आवश्यक्ता रहेको बताए । उहाँले बिपिले मुलुका कांग्रेस कमजोर भएर प्रजातन्त्र समेत कमजारे हुने भनेको कुरा सही साबित भएको चर्चा गर्दा पार्टी बिपिको सिद्धान्तले चले धेरै समस्या टर्ने बताउनु भयो । बिपिको सिद्धान्त अनुसार समाजमा भेदभाव, अन्याय र बिभेदलाई त्याग्नु पर्ने बताउनु भयो । उहाँले चौधो महाधिबेशनकाक्रममा जिल्लामा हुने निर्वाचनमा आफुले अन्तिम समय सम्म सहमितको प्रयास गर्ने बताउनु भयो ।

उहाँले पार्टीमा पुराना नेताहरुको सम्मान र नयाहरुलाई समेत उचित स्थान हुनु पर्ने बताउनु भयो । सकृय सदस्यको केही बिवाद रहेको भन्दै उहाँले त्यसलाई चाडै मिलाउने उहाँले बताउनु भयो । पुर्व पार्टी जिल्ला सभापति राजशे आचार्यले बिपिको बिचारलाई बिर्सदै गएकाले अहिले पार्टीकामा धेरै समस्या उत्पन्न्न भएको बताउनु भयो ।

राष्ट्रियता, प्रजातन्त्र, समाजबाद तथा मेलमिलापको नीतिलाई अंगालिएर पार्टी बलियो हुने उहाँले बताउनु भयो । पार्टीको अध्यक्ष पदका प्रत्यसा समेत रहेको उहाँले आफु पनि समहतिको बाधक नरहेको तर पार्टीमा त्याग गरेकाहरुको समते उचित सम्मान हुनु पर्ने बताउनु भयो । पार्टी सभापति आचार्यको अध्यक्षता, माधव पराजुलीको संचालनमा भएको कार्यक्रममा पुर्व पार्टी सभापति सुधारक पाण्डेय, पार्टीको सचिव मेहेन्दु पाठक, पुवृ सचिव सुरेश शर्मा लगायतले मन्तब्य दिनु भएको थियो ।

यस्तै बिपि स्मृति दिवसमा कपिलवसतुको शिवराज, बुद्धभुमी, बाणगंगा नगरपालिका तथा मायादेबी गाउपालिकाको पकडीमा बृक्षारोपण गरिएका छन । पडकीको फैजान पेट्रोल पम्प परिसरमा बृक्षारोपण गरिएको थियो । नेता लोकनाथ शर्माको अध्यक्षता, बिरेन्द्र श्क्लाको संचालनमा भएको कार्यक्रममा कांग्रेस नेतृ सुमित्रा शर्मा, पुजारी दुबे, राजेन्द्र पाण्डे लगायतले मन्तब्य दिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu