Connect with us
Kapilvast Forest

बालुवाटारमा प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता

२०७८, ६ श्रावण बुधबारमा प्रकाशित

 

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो।

भेटमा सरकारकातर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण सहभागी छन् भने नेकपाबाट विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको बताइएको छ । विप्लवसहितका नेताहरुले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायतसँग भेटर्वाता गर्नुभएको थियो।

ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमतिपछि विप्लव नेतृत्वको नेकपा शान्तिप्रक्रियामा आएको थियो । सरकारसँगको सहमतिपछि पनि आफ्ना नेता कार्यकर्ता जेलमै रहेको भन्दै विप्लवले असन्तुष्टि जनाउँदै आएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu