Connect with us
Kapilvast Forest

एमाले फुटाउन अध्यादेश ल्याए देशभरि आगो बाल्छौं: नेता बस्नेत

२०७८, ९ श्रावण शनिबारमा प्रकाशित

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्‍नेतले एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिनसुभएको छ ।आज युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै राष्ट्रिय युवा संघका इन्चार्ज समेत रहेका नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भइरहेको बताउनु भएको छ ।

उहाँले भँन्नु भएको छ ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ ।’

नेता बस्नेतले युथफोर्स जन्मिँदा पार्टीभित्रै र बाहिर पनि कतिपय आशंका जन्मिएको भन्दै धेरै आशंका पालिरहन जरुरी नरहेको बताउनु भयो । उहाँले युथफोर्सले मित्रलाई पञ्जाले सलाम गर्ने वैरीहरूलाई मुठीले नै प्रतिवाद गर्ने बताउनु भयो ।

आजको उक्त भेलाले ११०१ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन गरेको छ । युथफोर्सले आज दशौं हजारको उपस्थितीमा मोटरसाइकल र्यालीसहित वृहत मार्चपास गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu