Connect with us
Kapilvast Forest

जनताले राम्रो नठान्ने काम नगर्न युथ फोर्सलाई महासचिव पोखरेलको निर्देशन

२०७८, ९ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले युथ फोर्सलाई जनताले राम्रो नठान्ने काम नगर्न निर्देशन दिनु भएको छ।शनिबार राजधानीमा आयोजित युथ फोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले युथ फोर्स फरक परिवेशमा गठन भएको भए पनि परिवर्तित परिस्थिति अनुसार काम गर्नुपर्ने बताउनु भएको छ ।

परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगार अभियान चलाउने काम गर्नुपर्छ’ पोखरेलले निर्देशन दिनुभएको हो ‘भ्रष्टाचार विरुद्ध पनि अभियान चलाउनुहोस्।’

युथ फोर्स समाजमा आतंक सिर्जना गर्नेलाई तह लगाउन गठन भएको भन्दै पोखरेलले कानुनी शासन मान्ने र कानुन हातमा नदिने स्पस्ट पार्नु भयो । एमालेले सत्ताबाट बाहिरिएलगत्तै युथ फोर्स ब्यूँताएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उहाँको सट्टामा महासचिव पोखरेल उपस्थित हुनु भएको हो । त्यसअघि युथ फोर्सले हजारौंको संख्यामा मोटरसाइकल र्‍यालीसहित वृहत मार्चपास गरेको थियो।

यस्तै शनिबारको भेलाले एक हजार एक सय एक सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन गरेको भएको छ। युथ फोर्सकै उपप्रमुख पुष्पराज श्रेष्ठको संयोजकत्वमा उपत्यका फोर्स गठन भएको बताइएको छ।

उक्त कार्यक्रममा राष्ट्रिय युवा संघका इञ्चार्ज महेश बस्नेतले युथ फोर्स जन्मिँदा पार्टीभित्रै र बाहिर पनि कतिपय आशंका जन्मिएको भन्दै धेरै आशंका पालिरहन जरुरी नरहेको बताउनु भयो ।

उहाँले युथ फोर्सले मित्रलाई पञ्जाले सलाम गर्ने वैरीहरूलाई मुठीले नै प्रतिवाद गर्ने बताए। उनले हिम्मत भए एमालेका मान्छेलाई समातेर देखाउन चुनौती दिनु भयो । ‘भ्रष्टाचारी एमाले कोही छ भने समातेर देखाऊ,’ उहाँले भन्नु भयो ।

उहाँले एमालेले गठन गरेको भूमि आयोगलाई निस्कृय बनाएर ५८ हजार सुकुम्बासीलाई लालपूर्जा दिलाउने योजनामा सरकारले बाधा पारिरहेको र खारेज गर्ने खालका षडयन्त्र भए देशभरि आगो बल्ने चेतावनी पनि दिनु भयो । उहाँले राष्ट्रपतिलाई महाअभियोग लगाउने षडयन्त्र नगर्न खबरदारी गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu