Connect with us
Kapilvast Forest

तिलौराकोट दरबारमा महाभिनिष्क्रमण दिवश

२०७८, ९ श्रावण शनिबारमा प्रकाशित

कपिलवसतु –राजकुमार सिद्धार्थले राजकीय जीवन सहीत राजप्रासाद त्याग गरेको ऐतिहासिक क्षण व्युताई पर्यटकीय आकर्षण बढाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवश मनाईएकोछ । बुद्धले गृह त्याग गरेका दिन बैशाख पुर्णिमामाको मध्यरातमा तिलौराकोट दरबारको पुर्व द्धारमा२६ सय १६ बर्ष अघिको ऐतिहासिक घटनाको झल्को दिन कार्यक्रम गरिएको हो ।

कोरोना भाइरस संक्रमणले थलिएको नेपालको पर्यटन अब पर्यटककालागि स्वगत गर्न तयार रहेको सन्देश दिर्दैे राजकुमार सिद्धार्थ राजदरबार छोडेको घटना चित्रित गर्दै महाभिनिष्क्रमण दिवस मनाईएको होे । तौलिहवाका शाक्य कुलका सिद्धार्थ शाक्य घोडामा चढेर पुर्वी द्वारबाट दरबार छाडेको देखाईएको थियो । पिस टर्च देखाउदैे घोडामा २९ वर्षका युवाले दरबार छाडदै गरेको दृष्य निक्कै रोमाञ्चक बनेको थियो ।

तत्कालीन अवस्थाको कन्थक नामक घोडामा चढेर बुद्धले तिलौराकोटको पुवीद्धारबाट गृह त्याग गर्नु भएको थियो ।त्यही झल्को दिने गरी कार्यक्रम गरिएको थियो ।कपिलवस्तुको पर्यटन प्रबद्र्धन गरि प्राचिन कपिलवस्तुको प्रचासप्रसारकालागि कार्यक्रम गरिएको लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाण्डेकाजीले बताउनु भयो । ‘ नया पर्यटकीय गन्तब्यको विकास गर्न दिवश मनाउन सुरु गरिएको हो ’ उहाँले भन्नु भयो । लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले प्राचिन कपिलवस्तुको पहिचान र पर्यटकीय विकासकालागि कार्यक्रमले ठुलो सन्देश दिने बताउनु भयो । उहाँले आगामी दिनमा कोषले पनि आफनो कार्ययोजनामा याृ कार्यक्रमलाई समटने बताउनु भयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनन्यजय रेग्मीले कार्यक्रमले आझेलमा परेको प्राचिन कपिलस्तुको पहिचानलाई यसले उजार गर्ने बताउनु भयो ।

बिश्व संपदा सुचीमा सुचीकृतकालागि प्रस्तावित गरिएको तिलौराकोटकालागि यो कार्यक्रम कोषेढुंगा साबित हुने बताउनु भयो । उनले लुम्बिनी प्रदेशलाइृ जोडेर पर्यटकीय गन्तब्य बनाउनु पर्ने बताउनु भयो । बोर्डका उपाध्यक्ष चन्द रिजालले कपिलवस्तुको पर्यटक विकासकालागि बार्डले योजना बनाउने बताउनु भयो । सो अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गरुेले कार्यक्रमले शान्तिका अग्रदुत बुद्धको राजधानी कपिलवसतु प्रचारप्रसारमा मद्दम मिल्ने बताउनु भयो ।

२ हजार ६ सय ४५ वर्षपछि गृह त्याग गरेको घटना स्मरण गर्दै देखाईएको थियो । मंगल कामना गर्दै भिक्ष्ु मैत्रेयले कार्यक्रमको शुभाराम्भ गर्नु भएको थियो । पर्यटककालागि स्वागत गर्न अब तयार भईसकेको सन्देश दिदै गए राति गरिएको हो ।

तिलौराकोटमा राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्था विताउनु भएको थियो । कार्यक्रममा बाद्ध सरकिट डट कम, कपिलवस्तु टुरीजम पर्यटन बोर्ड र कोषको सहकार्य थियो । यस्ता नौला र ऐतिहासिक कार्यक्रमले ओझेलमा परेको कपिलवस्तुको पर्यटन प्रबद्र्धनकालागि कोसे ढुगा सावित हुने भन्दै स्थानीयबासी खुशी भएका छन । कार्यक्रममा हुयानसाङको पाईला पछाउदै हिडेको भारतीय बौद्ध बिद्धान दिपक आनन्द लागतयको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu