Connect with us
Kapilvast Forest

तालिमसंगै १५ जनालाई सिलाई मेशीन

२०७८, ९ श्रावण शनिबारमा प्रकाशित

कपिलवस्तु –कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नम्बर जीतपुरमा दलित समुदायका १५ जनालाई ३ महिने सिलाई कटाई तालिमसंगै मेशीन समैत प्रदान गरिएको छ ।

भगत सर्वजित सिप बिकास तालिम अन्र्गत घरेलु तथा साना उद्योग महासंघको समन्वय तथा घरेलु तथा साना उदोग कार्यालयको आयोजनामा सहभागीहरुलाई सिलाई कटाई तथा ईन्टरलक मेशीन समेत प्रदान गरिएको हो । महासंघका केन्द्रिय सदस्य भेसराज पाण्डेयले सिपसगै पाएको प्रबिधिलाई आयआर्जनका माध्यम बनाउनु पर्ने बताउनु भयो ।

जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेलले कार्यक्रम   भएको भन्दै सहभागीहरुले यसको सदुपायागे गर्नु पर्ने बताउनु भयो । घरेलु तथा साना उद्योग कार्यालकया प्रमुख कालीदास बस्यालको अध्यक्षता, पुर्ण परियारको संचालनमा भएको समापन समारोहमा महासंघका जिल्ला अध्यक्ष फुल कुमारी श्रेष्ठ, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, लेखापाल गोबिन्द तेली, टीकाराम सुनार, निर्मला परियार लगातयले मन्तब्य दिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu