Connect with us
Kapilvast Forest

निर्मलालाई न्याय दिन कांग्रेस प्रवक्ताद्वारा सरकारको ध्यानाकर्षण

२०७८, १० श्रावण आईतवारमा प्रकाशित

 

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार ट्वीट गर्दै प्रवक्ता शर्माले आफ्नै दलका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्ण गराउनुभएको हो ।

 

निर्मलालाई न्याय दिनुका साथै कसैले पनि यस्तो नियति भोग्न नदिन विशेष तदारुकता बढाउन शर्माले सरकारसँग आग्रह गर्नु भएको छ ।

प्रतिपक्षी हुँदा उठाएको प्रश्नको जवाफ दिने ठाउँमा पुगेको संकेत गर्दै प्रवक्ता शर्माले लेख्नुभएको ’ छ बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो । सम्माननीय २एः)लभउब िर माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

अब गहन दायित्व निभाउनुपर्ने बेला आएको उहाँले उल्लेख गर्नु भएको छ । साथै प्रवक्ता शर्माले बालिका तथा महिला हिंसा, बलात्कार र हत्याको अनेक घटना भैरहेको भन्दै नियन्त्रणका लागि राज्य कठोर बन्नु पर्ने बताउनुभएको छ ।

२०६५ साल साउन १० गते गृहकार्य गर्न साथीकोमा जान्छु भन्दै घरबाट हिँडेकी भीमदत्त नगरपालिकाकी निर्मला पन्त घर फर्किनन् । त्यसकै भोलिपल्ट उखुबारीमा मृत भेटिनुभएको थियो । तर, उहाँको हत्याराको हालसम्म पनि पहिचान हुन सकेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu