Connect with us
Kapilvast Forest

मुलुकको लोकतान्त्रिक भविष्यमा गम्भीर प्रश्न उठेको छ : अध्यक्ष ओली

२०७८, १० श्रावण आईतवारमा प्रकाशित

 

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा प्रगतिमन लादिएको र मुलुकको लोकतान्त्रिक भविष्यमा पनि गम्भीर प्रश्न उठेको टिप्पणी गर्नुभएको छ ।

देशको राजनीतिलाई अन्यत्र लैजाने षडयन्त्र भएको जानकारी पाएपछि आफूले जनतामाझ गएर समस्या निदानको प्रयास गरेको पनि उहाँले प्रष्ट पार्नुभयो । कतिपयलाई मन्त्री बनाउने नाममा देशको भविष्य संकटमा पार्नु गम्भीर चिन्ताको विषय भएको उहाँले बताउनुभयो । “हाम्रै शक्तिलाई कमजोर पारेर, हाम्रै केही नेतालाई साथ लिएर प्रगतिगमनलाई पोस्नेकाम भइरहेको छ” उहाँले भन्नुभयो ।

अखिल नेपाल महिला संघ (अनेमसंघ) को सचिवालय बैठकलाई आइतबार भर्चुवल सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । देशको राजनीतिलाई संसदबाट पनि अन्यत्र लैजाने प्रयास भएको थाहा पाएपछि प्रतिनिधिसभा विघटन गरी जनतामाझ जाने निर्णय लिएको उहाँले प्रष्ट पार्नुभयो । फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तभन्दा बाहिर गएर गम्भीर प्रश्न पैदा गरेको पनि उहाँले बताउनुभयो । यसले देशलाई दूरगामी असर पुग्ने टिप्पणी गर्नुभयो ।

बामपन्थी र प्रगतिशील सरकार ढालेर विचार, सिद्धान्त नमिल्ने गठबन्धनको सरकार बनेको उहाँले बताउनुभयो । यो सरकारबाट देश र जनताको पक्षमा काम नहुने उहाँले टिप्पणी गर्नुभयो । पद लोलुपता, लेनदेनलाई राजनीतिमा हावी बनाइएको उहाँले चर्चा गर्नुभयो । यसले राष्ट्रिय राजनीतिलाई अत्यन्त विच्छृङ्खलित बनाइएको उहाँले बताउनुभयो ।

एमाले नै देशको मूल शक्ति हो, त्यसैले देश र जनताको पक्षमा काम गर्ने जिम्मेवारी पनि हाम्रो बढी छ अध्यक्ष ओलीले भन्नुभयो, “कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन पार्टी फुटाउने षडयन्त्र भइरहेको छ, केही व्यक्तिको स्वार्थका कारण पार्टी समस्यामा प¥यो ।” राजनीतिलाई बेठिक बाटोमा, संसदबाट अन्यत्र बाटोमा लग्न खोजिदैछ उहाँले भन्नुभयो ।

संसद जोगाउने बहानामा आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्नमा एमाले नेताहरुले नै सहयोग गरेकोमा उहाँले आपत्ति जनाउनुभयो । “संसद जोगाउने कुरा हो भने त मैले विश्वासको मत लिंदा किन भोट हालिएन ?” उहाँले जिज्ञासा गर्नुभयो । एमालेको सरकार ढाल्नका लागि एमालेकै नेताहरु हस्ताक्षर संकलन गरेर अदालत जानु लाजसरमको विषय भएको उहाँले टिप्पणी गर्नुभयो ।

पार्टीमाथि यो तहको विश्वासघात विश्वको कुनै मुलुकमा नभएको चर्चा गर्नभयो । केही समयका लागि एमालेलाई समस्यामा पार्न सफल भए पनि एमाले शक्ति भएकाले पुनः चाँडै फर्किने उहाँले बताउनुभयो । “एमालेले आफ्नो कर्तव्य, सही विचार र सही मार्ग परित्याग गर्नेछैन, संगठति र सक्रिय प्रयासले हामी सफल हुन्छौं” उहाँले भन्नुभयो ।

भ्रमपूर्ण कुरामा नअल्झेर सक्रियतासाथ देश र जनताको पक्षमा काम गर्न उहाँले अनेमसंघका पदाधिकारी तथा सदस्यहरुलाई आव्हान गर्नुभयो । “अहिले देशको राजनीतिक परिस्थिति जटिल बनाइएको छ, त्यसलाई चिर्न हामी सबै एकतावद्ध रुपले लाग्नुपर्छ” अध्यक्ष ओलीले भन्नुभयो । समाज परिवर्तनको गन्तव्य, आधुनिक समाज निर्माण गर्ने अभियान जारी रहेकाले त्यहाँसम्म आफूहरु पुगेर सफलता हासिल गर्ने उहाँले बताउनुभयो ।

जनादेशबाट आएको शक्तिलाई अपदस्त गरेर कृत्रिम बाटोबाट नयाँ सरकार बनाउने काम भएको छ, यस्ता गलत प्रयासलाई रोक्न नसक्ने हो भने विकृति बढ्दै जाने अध्यक्ष ओलीले चिन्ता व्यक्त गर्नुभयो । हाम्रो सांसदमा ४१ प्रतिशत महिलाको सहभागिता छ, अरु देशमा त्यस्तो छैन उहाँले बताउनुभयो । कम्युनिष्ट पार्टीको साथ र सहयोगमा त्यो सम्भव भएको उहाँले चर्चा गर्नुभयो ।

भएका गल्ती सच्याएर आउनुस् सबै माफी दिइनेछ भनेको विषयलाई ‘महाराज’ को संज्ञा दिइएकोप्रति अध्यक्ष ओलीले आपत्ति जनाउनुभयो । “अब मलाई धेरै आशा र विश्वास पनि छैन” उहाँले भन्नुभयो, “आफ्ना सांसदलाई झुक्याएर मतदानबाट बाहिर लगेको हामीले देखिइरहेका छौं, विरोधीलाई मतदान गरिरहेको हामीले देखिरहेका छौं, त्यस्ताका पछाडि लागेर आफ्नो आन्दोलन ध्वस्त गर्ने काम अब गरिदैन ।” फेरि पनि पार्टीमा फर्कनु हुन्छ भने पार्टीले माफी दिन्छ उहाँले भन्नुभयो ।

यस्ता खालको अपराधलाई जनताले माफी नदिने अध्यक्ष ओलीले बताउनुभयो । यो पार्टीविरुद्धको घातमात्र होइन, यो देश विरुद्धको घात हो उहाँले भन्नुभयो । बाटो विराएकाहरुलाई आफूलाई सँच्याएर पार्टीमा फर्किन उहाँले पुनः आव्हान गर्नुभयो । अहिले राजनीतिक विषय मुख्य विषयकोरुपमा रहेकाले जनतालाई स्पष्ट पार्न आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।

भर्चुवल बैठकमा अनेमसंघका सचिव सुजिता शाक्यले संगठनको गतिविधिबारे जानकारी गराउनुभएको थियो । देशभर रहेको संगठनलाई प्रतिगमनका विरुद्ध सक्रिय भएर परिचालन गर्ने पनि उहाँले बताउनुभयो । देशभरबाट अनेमसंघका सय बढी पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu