Connect with us
Kapilvast Forest

गण्डकीमा मन्त्रिपरिषद विस्तार गर्दा दलित समुदायप्रति अपमान भयो: शेखर कोइराला

२०७८, १० श्रावण आईतवारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले मन्त्रिपरिषद विस्तारका क्रममा गण्डकी प्रदेशमा दलित समुदायप्रति अपमान भएको बताउनुभएको छ ।

शुक्रबार मन्त्रिपरिषद विस्तारका क्रममा सांसद डोबाटे विश्वकर्मा मन्त्री हुने पक्का भए पनि पछि उहाँको ठाउँमा विन्दुकुमार थापा मन्त्री बन्नुभएको छ । त्यस घटनाप्रति इंगित गर्दै डा। कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ ‘गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो । पार्टीले गरेको अक्षम्य भूल हो । दलित समुदायप्रतिको अपमान हो ।’

सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुखित बनाएको कोइरालाले बताउनुभएको छ।

‘त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ । भोलि कुन मुखले उनीहरुको अगाडि जाने रु यो हेक्का राख्नु पर्दैन रु कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो रु’ उहाँले प्रश्न गर्नु भएको छ ।

कोइरालाले सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटान मात्रै नभई व्यवहार र लोकतान्त्रिक आचरण पनि भएको बताउनुभएको छ ।

‘वीपी स्मृति दिवस मनाउँदै र वीपीको तस्वीरमा चढाएको फूल नओइलिंदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनैपर्छ । यसलाई तुरुन्त सच्याउनु जरुरी छ’ डा। कोइरालाले भन्नुभएको छ । उहाँनले आगामी दिनमा यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महंगो पर्न सक्ने भन्दै सचेत गराउनुभएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu