Connect with us
Kapilvast Forest

कपिलवस्तुको महाराजगंज देखी पशुपति सम्म पैदल यात्रा

२०७८, १० श्रावण आईतवारमा प्रकाशित

बृजेश यादव, कपिलवस्तु – कपिलवस्तुको महाराजगंज नगरपालिकाकाका ९ जनाको टोलीले महाराजगंज देखी जनकपुर हुदै काठमाण्डौको पशुपतिनाथ सम्माको पैदल यात्रा शुरु गरेको छ ।

जिल्लाको महाराजगन्ज नगरपालिका ११ बनगाई बस्ने धर्मेन्द्र कुमार पुरीको नेतृत्वमा शनिबार विहान देखि ९ जनाको टोली पैदल यात्रा सुरु गरेको हो ।  बाटोमा जहाँ रात बिते त्यही रात विताउने र फलफुल मात्र खाने धर्मेन्द्र पुरीले जानकारी दिनु भयो ।

समाजमा धार्मिक आस्था प्रती निकै रुचि राखेको पुरिले महाराजगन्ज देखि काठमाण्डौको पशुपती नाथ सम्मको नांगै खुट्टा पैदल यात्रा शुरु गर्नु भएको छ ।

महाराजगन्ज नगरपालिका वडा न ११ बनगाईमा संचालित जय माँ काली ईटा उद्योगको सन्चालक समेत रहेको धर्मेन्द्र कुमार पुरिले गाउँ ठाउँमा रहेको मठ मन्दिर तथा समस्यामा परेको ब्याक्तीहरुको समेत सहयोग गर्दै आउनु भएको स्थानीयहरुको भनाई रहेको छ ।

महाराजगन्ज नगरपालिका वडा न ११ को सामाजसेवी युवा नेताको रुपमा समेत परिचीत रहनु भएको छ । पुरी स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षको उम्मेदवारी दिने स्थानीय घुरहु मुराउले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu