Connect with us
Kapilvast Forest

अफगानिस्तानबाट भागेका राष्ट्रपति घानी युएईमा

२०७८, ३ भाद्र बिहीबारमा प्रकाशित

एजेन्सी- अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि भागेका राष्ट्रपति अशरफ घानी संयुक्त अरब इमिरेट्स (यूएई) पुग्नु भएको छ ।यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति धानी र उहाँको परिवारलाई देशमा शरण दिएको बताएको छ।

गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा उहाँ देश छाडेर भाग्नु भएको थियो । अमेरिकाले उहाँको यो कदमको चर्को आलोचना गर्नु भयो । अफगान सरकारले सही कदम उठाएको भए काबुलमा तालिबानले यसरी कब्जा गर्न नसक्ने अमेरिकाको आरोप थियो।

ताजिकिस्तानमा अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबरले गनीले देश छाड्दा लगभग १६ दशमलव ९ करोड डलर आफूसँगै लिएर भागेको दाबी गर्नु भयो । उहाँले गनीले आफ्नो देश र जनतासँग विश्वासघात गरेको बताउनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu