Connect with us
Kapilvast Forest

मलेसियामा नयाँ प्रधानमन्त्री नियुक्त

२०७८, ४ भाद्र शुक्रबारमा प्रकाशित

एजेन्सी-मलेसियाका राजाले इस्मेल साब्री याकोबलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्नु भएको छशुक्रबार राजा सुल्तान अब्दुल्लाह सुल्तान अह्मद शाहले ६१ वर्षीय याकोबलाई प्रधानमन्त्री नियुक्त गरेको रोयटर्सले जनाएको छ।

संसदमा बहुमत नपुगेपछि गत सोमबार मुहिद्दिन यासिनले राजीनामा दिनुभएको थियो । उहाँ प्रधानमन्त्री हुँदा याकोब उपप्रधानमन्त्री हुनुन्थ्यो ।मलेसियाको राजदरबारले जारी गरेको विज्ञप्तिअनुसार २२२ मध्ये ११४ जना सासंदले याकोबलाई समर्थन गर्नु भएको छ ।

युनाइटेड मलेज नेशनल अर्गनाइजेसन पार्टीका वरिष्ठ नेता याकोबले यासिनको क्याबिनेटमा रक्षा मन्त्रीसमेत भइसकक्नुभएको छ । याकोबले बहुमत भएको पुष्टि गर्न सदनमा विश्वासको मत लिनुपर्ने राजदरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu