Connect with us
Kapilvast Forest

कश्मीरका चर्चित नेता गिलानीको निधन

२०७८, १७ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं – कश्मीरका चर्चित नेता सैयद अली शाह गिलानीको बुधबार राति निधन भएको छ । ९१ वर्षीय गिलानी अल पार्टी हुर्रियत कन्फरेन्सका अध्यक्ष हुनुन्थ्यो ।पीडीपीका नेता महबुबा मुफ्तीले सामाजिक सञ्जालमा गिलानीको निधन भएको जानकारी दिनु भएको छ । गिलानीको निधनसँगै कश्मीरमा केही प्रतिबन्धहरु थपिएको कश्मीरका आईजीपी विजय कुमारले जानकारी दिएको भारतीय सञ्चार माध्यमहरुले खबर लेख्नु भएको छ । अहिले कश्मीरमा इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।

मुफ्तीले लेख्नु भएको छ , ‘गिलानी साहेबको निधनको खबरले दुःखी छु । हामीबीच धेरै मुद्दामा सहमति थिएन तर तीव्र निर्णय गर्न सक्ने र आफ्नो विश्वासमा टिकिरहन सक्ने क्षमताका लागि उहाँलाई सम्मान गर्दछु । अल्लाहले उनलाई स्वर्गमा ठाउँ दिउन् । उहाँको परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

गिलानी कश्मिरमा सक्रिय पृथकतावादी नेताको रप्मा लिइन्छ । २९ सेप्टेम्बर १९२९ मा जन्मिएका उहाँ हुर्रियत कन्फरेन्सका उदारवादी नेता मानिनुहुन्छ ।

उहाँ कश्मीरको सोपोर विधानसभामा तीनपटक विधायकको भूमिकामा निर्वाचित हुनु भएको थियो ।उहाँ कश्मीरलाई भारतको भाग मान्दैनथे र यसलाई अलग गर्नुपर्ने मागमा अडिग रहँदै आउनु भएको थियो । उहाँले १९९० को दशकमा हिंसात्मक आन्दोलनमा रहेको धडोसँग मिलेर अल पार्टी हुर्रियत कन्फरेन्स गठन गर्नु भएको थियो ।

भारतीय संस्थापनले उनीमाथि पाकिस्तानसँग मिलेर कश्मीरमा पृथकतावादी आन्दोलन भड्काइरहेको आरोप लगाउँदै आएको थियो । उहाँमाथि देशद्रोहको मुद्दा पनि चलाइएको थियो । भारत सरकारले उनको पासपोर्ट पनि खोसेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu