Connect with us
Kapilvast Forest

अजिज अखान्नौच मोरक्कोका नयाँ प्रधानमन्त्रीमा नियुक्त

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

एजेन्सी – मोरक्कोमा नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई हिजाे नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नु भएको हो ।

नेस्नल र्याली अफ इन्डेपेन्डेन्ट (आरएनआई)का अध्यक्षसमेत रहेका अखान्नौचलाई मन्त्रिपरिषद् गठन गर्ने जिम्मेवारी समेत राजाले दिनुभएको छ ।यही सेप्टेम्बर ८ मा भएको निर्वाचनको नतिजाका आधारमा उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राजदरबारबाट प्रकाशित वक्तव्यमा उल्लेख गरिएको छ ।

निर्वाचनमा उहाँको पार्टीले जित हासिल गरेको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएका अजिज अहिले ६१ वर्षको हुनुभएको छ । उहाँले सन् २००७ देखि २०१७ सम्म कृषि मन्त्रीका रुपमा सेवा गर्नु भएको थियो ।उहाँको आगमनसँगै जस्टिस एण्ड डेभलपमेन्ट पार्टीको सरकार अन्त्य भएको छ । याे पार्टीले गएकाे सन् २०११ देखि गठबन्धन सरकार चलाउँदै आएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu