Connect with us
Kapilvast Forest

गुजरातका मुख्यमन्त्रीद्वारा राजीनामा

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

 

एजेन्सी-गुजरातका मुख्यमन्त्री विजय रुपाणीले चुनावभन्दा एक वर्षअघि नै अचानक राजीनामा दिनु भएको छ । मिडियासँगको कुराकानीमा उहाँले पार्टीमा समयसँगै दायित्व पनि बदल्ने बताउँदै भारतीय जनता पार्टीमा यो स्वाभाविक प्रक्रिया भएको बताउनु भयो ।

 

उहाँका अनुसार पार्टीले उनलाई ५ वर्षका लागि मुख्यमन्त्रीको जिम्मेवारी दिएको र आफूले त्यो पुरा गरेको बताउनु भयो । ‘अब मलाई जे जिम्मेवारी मिल्छ त्यो नै निर्वाह गर्नेछु । हामी पद होइन जिम्मेवारी भन्छौँ,’ उहाँले भन्नु भयो , ‘मलाई जे जिम्मेवारी मिलेको छ, त्यो मैले पुरा गरेको छु ।’

रुपाणीले २६ डिसेम्बर २०१७ मा दोस्रोपटक गुजरातको मुख्यमन्त्रीका रूपमा शपथ लिनु भएको थियो । भाजपाले गुजरातमा १८२ सिटमध्ये ९९ मा जीत हासिल गर्दै बहुमत प्राप्त गरेको थियो । विधानमन्डल दलको बैठकमा रुपाणी विधायक दलको नेता र नितिन पटेल उपनेता चुनिनु भएको थियो ।

पछिल्लो केही दिनदेखि गुजरातमा सरकार परिवर्तनको चर्चा चलिरहेको थियो । केन्द्रीय गृहमन्त्री अमित शाह बिहीबार राति ८ बजे अचानक अहमदाबाद पुग्नु भएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu