Connect with us
Kapilvast Forest

चितवनमा अर्ना मृत फेला

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

चितवन-चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरस्थित खुला खोरमा राखिएको एउटा अर्ना मृत अवस्थामा फेला परेको छ । मृत्युको कारण खुल्न सकेको छैन । निकुञ्जले आज जारी गरेको सूचनामा शुक्रबार पोथी बयस्क अर्ना मृत फेला परेको उल्लेख छ । सोही खोरमा अन्दाजी दुई दिन अगाडि जन्मिएको अर्नासमेत फेला परेको छ ।

खोरमा १२ अर्ना थिए । यस निकुञ्जमा १२ कोशी टप्पु वन्यजन्तु आरक्षबाट र ३ चिडियाखानाबाट स्थानान्तरण गरी जम्मा १५ वटा अर्ना ल्याईएको थियो । यहांँ ल्याएपछि ७ वटा बच्चा जन्मिएका छन् । विभिन्न कारणले १० अर्ना मरेका कारण १२ वटा अर्ना मात्र बांँकी छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu