Connect with us
Kapilvast Forest

नेपाल निजामती कर्मचारी युनियनको कपिलवस्तुको आठौं अधिबेशन सम्पन्न ,अध्यक्षमा आले

२०७८, २८ भाद्र सोमबारमा प्रकाशित

कपिलवस्तु – नेपाल निजामती कर्मचारी युनियन कपिलवस्तुको तौलिहवामा संपन्न आठौं अधिबेशनबाट झकबहादुर आले निर्बिरोध अध्यक्षमा चयन हुनु भएको छ । निर्वाचन मण्डलका संयोजक प्रबीण श्रीवास्तवका अनुसार आलेको अध्यक्षतामा कार्य समिति निर्बिरोधरुपमा चयन भएको ।

अधिवेसनबाट समितीको खुला उपाध्यक्षमा नविन खनाल र महिला उपाध्यक्षमा धनीश्वरी बैजाली, समाबेशी अध्यक्षमा प्रभुनाथ यादव निर्वाचित हुनु भएको छ । त्यस्तै सचिवमा राजेश सैनी, सह सचिवमा सुदीप प्रसाद मौर्य, कोषाध्यक्षमा शिव कुमार यादव रहनु भएको छ ।

सम्पन्न अधिवेसनबाट सदस्यहरुमा बृजेश यादव, मोहन केसी, अनिल कुमार चौधरी, संजीव कुमार सिंह, सुमित्रा भुसाल, साबित्रा चौधरी, पदमलाल घिमिरे, रमेश कुमार रेग्मी रहनु भएको छ । महाधिबेशन प्रतिनिधिहरूमा सुर्य प्रसाद चापागाई, रामकृष्ण तेली, धनञ्जय नेपाल, राम प्रसाद अधिकारी, निराजन लम्साल चयन हुनु भएको छ । अधिबेशनमा कांग्रेस कपिलवस्तुका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले उद्घाटन गर्दै युनियका सदस्य र पार्टी बिच समन्वय हुनु पर्ने बताउनु भयो ।

सो अवसरमा पूर्व मन्त्री दीपकुमार उपाध्याय, युनियनका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पोख्रेल, प्रदेश सदस्य रिना नेपाल, युनियनका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र प्रसाद अधिकारी, कांग्रेसका पुर्व जिल्ला सभापति सुधाकर पाण्डेय, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, युनियका सचिव गणेश भन्डारी लगायतले कर्मचारीहरुको समायोजन बिधेकय, संघीय निजामति ऐन समन्वय गरेर मात्र पारित गर्नु पर्ने पर्नेमा जोड दिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu