Connect with us
Kapilvast Forest

उचारचढावपछि सामान्य बढेर रोकियो नेप्से

२०७८, २८ भाद्र सोमबारमा प्रकाशित

nepse high

काठमाडौं – शेयर बजार परिसूचक नेप्सेमा आज साेमवार दिनभर उतारचढाव देखिएको छ । बिहान ११ बजेर ३४ मिनेटमा नेप्से दुई हजार नौ सय ८४ विन्दुसम्म पुगेको थियो । तर साढे २ बजेदेखि घट्न थालेको नेप्से बन्द हुने बेलामा भने फेरि सामान्य बढेकाे छ ।

नेप्से आज शून्य दशमलव २७ अङ्कले बढेर दुई हजार नौ सय ४७ दशमलव ६९ विन्दुमा पुगेको छ । बैंक, विकास बैंक, फाइनान्स, होटल, व्यापार, जीवन बीमा र निर्जीवन बीमा समूहकाे शेयर सामान्य बढेको छ । जलविद्युत्, उत्पादन, अन्य, माइक्रोफाइनान्स र लगानी समूहकाे शेयर घटेको छ ।

आज अजोड इन्सोरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानीमा लाइफ इन्सोरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । कालिका पावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ ।

आज दुई सय २६ कम्पनीका एक करोड ५६ लाख ८१ हजार कित्ता शेयर नौ अर्ब २९ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको ६१ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,