Connect with us
Kapilvast Forest

ओली भोलि बुटवल आउने भएपछि लुम्बिनी प्रदेशसभा बैठक नै स्थगित

२०७८, २९ भाद्र मंगलवारमा प्रकाशित

बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि बुधबार बुटवल आउनुहुने भएको छ । बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली आउन लाग्नु भएको हो ।

भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताउनु भयो ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल तथा अन्य स्थायी कमिटी सदस्यहरूले सम्बोधन गर्ने चापागाईंले जानकारी दिउनु भयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई फकाउन लुम्बिनी प्रदेशसभाको भोलि भदौ ३० गते डाकिएको बैठक स्थगित गरिएको छ।

एमालेले भदौ १ गतेदेखि नै सदन अवरुद्ध तथा बहिष्कार गर्दै आएका कारण सत्ता गठबन्धनलाई प्रदेशसभामा आफ्नो कार्यसूचि अगाडि बढाउन समस्या पर्दै आएको छ। त्यसैबिच एमालेको रुपन्देहीमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पार्टी अध्यक्ष केपी ओली आउने भएपछि बुधवारका लागि बोलाइएको प्रदेशसभा स्थगित गरिएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu