Connect with us
Kapilvast Forest

प्रचण्ड राजनीतिबाट एक्लै हुँदै हुनुहुन्छ :महेश बस्नेत

२०७८, २९ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं – एमाले जिल्ला कमिटी अर्घाखाँचीको बृहत् कार्यक्रता भेलालाई मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी एमाले केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको राजनीतिबाट एक्लो हुँदै गइरहेको बताउनु भएको छ । बस्नेतले अब प्रचण्डको च्याखे राजनीति नचल्ने दाबी गर्नु भयो ।

 

‘अस्ति प्रचण्डले म एक्लो हुँदैछु भन्नुभएछ । माओलाई श्रीमतीले समेत अन्तिममा साथ नदिएको, लेनिनले पनि साथ नपाएको के के भन्नुभएछ,’ उहाँले भन्नु भयो , ‘उहाँले सही भन्नुभएछ । प्रचण्ड कमरेड नेपालको राजनीतिबाट एक्लै हुँदै हुनुहुन्छ । उहाँको च्याखे राजनीति अब नेपालमा चल्नेवाला छैन,’

बस्नेतले प्रचण्ड जता फाइदा देख्यो त्यतै लाग्ने गरेको आरोप लगाउनु भयो । ‘०७० को चुनावमा कांग्रेसतिर लाग्नुभयो । वामपन्थी हराउन महत्वपूर्ण भूमिका खेल्नुभयो,’ उहाँले भन्नु भयो , ‘०७४ को चुनावमा कांग्रेसतिर च्याखे दाउ लागेन भनेर केपी ओलीतिर लाग्नुभयो । एमालेतिर आउनुभयो ।’

बस्नेतले मदन भण्डारीको निधनपछि माधव नेपालले एमालेलाई कमजोर बनाएको आरोप पनि लगाउनु भयो । ‘माधव नेपाल उकालो चढ्यो । एमाले ओरालो लाग्यो । हात्तीजत्रो एमालेलाई बोकोमात्र बनाए,’ बस्नेतले भन्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu