Connect with us
Kapilvast Forest

बोक्सी आरोपमा महिलामाथि कुटपिट

२०७८, २९ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं-पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा काठमाडौंमै कुटपिट भएको छ । कुटपिटमा संलग्न धामीसहित ४ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख अशोक सिंहले बताउनु भयो ।उहाँका अनुसार पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डेलाइपक्राउ गरेको छ ।

 

स्वयम्भूको ठूलो भर्‍याङमा ९ दिनअघि भएको घटनाबारे जाहेरी परेपछि पक्राउ गरिएको हो,’ प्रहरी वरिष्ठ उपरीक्षक )एसएसपी) सिंहले भने, ‘बोक्सी आरोपसम्बन्धी कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार ट्याक्सी चालक रहेका पीडितको श्रीमान्ले उपचारका लागि भन्दै थिङ कहाँ लैजानु भएको थियो । थिङले महिलालाई बोक्सी चढेको बताएपछि श्रीमानसहित महर्जन र पाण्डेले पनि कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

प्रहरीकहाँ जाहेरी दिन आउँदा महिलाको शरीरमा निलडाम रहेको सिंह बताउँनु भयो । ‘घाउ जाँच गराएर प्रतिवेदन तयार गरेपछि उहाँ अहिले घरमै हुनुहुन्छ,’ उहाँले भन्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu