Connect with us
Kapilvast Forest

बाल दिवसको अवसरमा बुद्धभूमीमा वडा स्तरीय हाजिरीजवाफ

२०७८, २९ भाद्र मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल,कपिलवस्तु –बाल दिवसको अवसरमा वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको बुद्धभूमी नगरपालिका वडा नम्बर ३ र आशा संजालको आयोजनामा, किर्डाक नेपालको समन्वय र सहजीकरणमा संचालित वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मा सम्पन्न भएको हो ।

सामान्य अवस्था वा कोभिड महामारीःबाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी भन्ने शिर्शकमा भएको हाजिरजवाफ प्रतियोगितामा जनज्योति किशोरकिशोरी संवाद क्लव प्रथम ,संघर्षशील किशोरकिशोरी संवाद क्लव द्धितीय,सिर्जनशील किशोरकिशोरी संवाद क्लव तृतीय र सहयोगि किशोरकिशोरी संवाद क्लव सान्त्वना भएको कार्यक्रममा ९ वटा संवाद क्लवको सहभागिता रहेका किर्डाक नेपालका सामुदायिक विकास अधिकृत अमर विक ले जानकारी दिनु भयो ।

वल दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षताको आसनवाट बोल्दै बुद्धभूमी ३ का वडाध्यक्ष गोविन्द्र प्रसाद आचार्यले वाल अधिकार र वालवालिकाहरुको सुरक्षाको लागि वडाले जुनसुकै समयमा कदम चाल्ने बताउनु भयो ।

वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममले अधिकार संरक्षण र क्षमता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै किशोरकिशोरीको सक्रियता र सहभागिता देखेर आगामी दिनमा पनि आशा संजालसंग संगै हातेमालो गरेर काम गर्ने प्रतिबद्धता जायर गर्नु भयो ।बालदिवसको अवसरमा संचालित कार्यक्रममा आशा संजालको अध्यक्ष अञ्जली थारुको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालक आशा संजालका सचिव रीमा थारुले गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu