Connect with us
Kapilvast Forest

वाल दिवसको अवसरमा विजयनगरमा पालिका स्तरीय हाजिरजवाफ

२०७८, २९ भाद्र मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल,कपिलवस्तु-मंगलवार विजयनगर गाउँपालिकामा हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी “ भन्ने शिर्शकको नारा सहित राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा पालिका अन्तर विद्यलाय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको हो ।

विद्यलाय हाजिरीजवाफ प्रतियोगीतामा वडा न,७ प्रथम,वडा न १ द्धितीय, वडा न,५ तृतीय, र वडा न।२ सान्त्वना भएका शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेले जानकारी दिनु भयो ।वाल दिवसको अवसरमा आयोजित हाजिरजवाफ प्रतियोगितामा ७ वटा वडाका विद्यार्थीहरु सहभागीता रहेको शिक्षा शाखा प्रमुख बेल्वासेले जानकारी दिनु भयोकार्यक्रममा बिभिन्न स्थान प्राप्त गरेका समुहहरुलाई खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि विजयजगर गाउँपालिकाकि उप प्रमुख लक्ष्मी कुमारी चौधरीले बालदिवसको अवसरमा शुभाकामना दिदैं बालबालिकाको अधिकारका क्षेत्रमा सधैप आफु तप्पर रहेको बताउनु भयो ।बाल अधिकारको क्षेत्रमा र बाल श्रम न्युनिकरणमा आफुले सकरात्मक कदम चालेको र आगमि दिनमा पनि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै विजयनगरका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बालबालिकाहरु को हक अधिकार सुनिश्चित हुनु पर्ने बताउनु भयो ।
बालवालिकाको अधिकार र आधारभुत आवश्यकताको कागजमा मात्रै कुरा उल्लेख नभएर ब्यवहारमा पनि लागु हुनु पर्नेमा जोड दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu