Connect with us
Kapilvast Forest

पर्सामा भारतीय नोटसहित युवक पक्राउ

२०७८, ३० भाद्र बुधबारमा प्रकाशित

pakrau

काठमाडौं -भारतीय अवैध नोटसहित पर्सामा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-४ का २५ वर्षीय अजयकुमार शर्मा रहेका छन् ।वीरगञ्जन महानगरपालिका-१६ रजत जयन्ती चोकबाट नियमित चेकजाँचका क्रममा एक लाख ४८ हजार ५०० भारतीय नोटसहित शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ना१५प २३७२ नम्बरको मोटरसाइकलमा आएका अजयलाई जाँच गर्दा उनको झोलामा ५०० का २९६ वटा र एक सयका पाँचवटा प्रतिबन्धित भारतीय नोट फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।पक्राउ परेका शर्मालाई बरामद रकमसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu