Connect with us
Kapilvast Forest

देशभर रासायनिक मलको अभाव, धानको उत्पादन घट्ने चिन्ता

२०७८, ३० भाद्र बुधबारमा प्रकाशित

mal

काठमाडौं – धानमा टप ड्रेसिङ गर्ने बेलामा मुलुकभर रासायनिक मलको अभाव भएको छ । घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन् ।

धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन् । समयमा मल राख्न नपाए अपेक्षित उत्पादन हुँदैन ।राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष अद्धव अधिकारीका अनुसार सरकारको फितलो तयारीले रासायनिक मल अभाव भएको हो ।

धान गोड्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ, पूर्वअधयक्ष अधिकारीले भने, किसानले पैसा हालेर पनि मल किन्न पाएका छैनन् । सम्बन्धित निकाय जवाफदेही नहुँदा बर्सेनी धान रोप्ने र गोड्ने बेला मल अभाव हुने गरेको अधिकारी बताउँछन् ।

मल आपूर्तिको जिम्मेवारी पाएका निकायमा दायित्वबोध भएन, उनले भने, सधैं नीतिगत समस्या देखाएर पन्छिने पन्छाउने काम भएको छ । सम्बन्धित निकायले जिम्मेवारी नलिएसम्म समस्या दोहोरिरहन्छ ।सरकारले जेठ १५ मा मल किन्न बजेटको सुनिश्चितता गर्दा पनि मल ल्याउन नसक्नु सम्बन्धित निकायको असक्षमता भएको अधिकारीको आरोप छ । नागरिक

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu