Connect with us
Kapilvast Forest

स्कटल्यान्डसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा जिम्बाब्वे पराजित

२०७८, ३१ भाद्र बिहीबारमा प्रकाशित

एजेन्सी – जिम्बाब्वेसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा स्कटल्यान्डले ७ रनको जित निकालेको छ।गएराति भएको खेलमा स्कटल्यान्डले जिम्बाब्वेलाई ७ रनले हराएको हो । स्कटल्यान्डले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।

जिम्बाब्वेका लागि मिल्टन शुम्बाले सर्वाधिक ४५ रन बनाए । सिन विलियम्सले २८ रन जोड्दा कप्तान क्रेग इर्भिनले २६ रन जोडे । स्कटल्यान्डका सफ्यान शरिफले ४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन जोडेको थियो ।जितसँगै स्कटल्यान्डले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu