Connect with us
Kapilvast Forest

कुनै पूर्वाग्रह बिना हिजोको एमालेको अनवश्यक छ: शाक्य

२०७८, ३१ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौँ –नेकपा एमालेकी उपाध्यक्ष एवं वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बलियो एमाले बनाउनका लागि सबैले फराकिलो मन बनाउने बेला आएको बताउनु भएको छ । उहाँले अन्तरपार्टी संघर्षलाई अघि बढाउँदै पार्टीले जारी गरेका १२ वटा अन्तरपार्टी निर्देशनको अक्षरश पालना गर्न नेतृत्वलाई आग्रह गर्नु भयो । ‘म विशेषगरी पार्टीको नेतृत्वलाई अपिल गर्छु, १२ वटा अन्तरपार्टी निर्देशन जुन जारी भएको छ, त्यसको अक्षरश पालना गरौँ । त्यसमा कुनै जालझेल र षड्यन्त्र आवश्यक छैन,’ उहाँले भन्नु भयो ‘७५ जेठ २ मा जे अवस्था छ, उसैलाई नेतृत्व मानेर अगाडि बढौँ ।’

बिहीबार नेकपा एमाले काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले हिजोको एमाले बनाउनका लागि अब सबैले मन फराकिलो बनाउनुपर्नेमा जोड दिनु भयो । ‘आखिर के पाइन्छ रु के फाइदा छ रु विभाजन गरेर के फाइदा भयो र हामी अलग–अलग भएर फाइदा भयो र हामी अलग–अलग हुँदा हामीलाई होइन, हामीलाई कमजोर बनाउन चाहनेहरुलाई फाइदा भयो,’ उहाँले भन्नु भयो , ‘त्यसकारण अब कुनै पूर्वाग्रह बिना, कुनै मनमुटाव बिना, बलियो एमाले, हिजोको एमाले बनाउनका लागि मन फराकिलो बनाउनैपर्छ । अब छाती फराकिलो बनाउने बेला आएको छ । हिजो जतिसुकै कमजोर भएको भए पनि त्यो कुरा सिद्धियो । अब फेरि पनि यो मुलुकको नेतृत्व गर्ने शक्तिको रुपबाट नेकपा एमालेलाई अघि बढाउनुपर्छ । मलाई यसमा विश्वास छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu