Connect with us
Kapilvast Forest

धनुषामा औषधि पसलमा कोरोना खोप भेटियो, दुई जना पक्राउ

२०७८, ३१ भाद्र बिहीबारमा प्रकाशित

 

जनकपुरधाम-धनुषाको एक निजी औषधि पसलमा कोरोना विरुद्धको खोप फेला परेको छ । शहीदनगर नगरपालिका–यदुकोहास्थित श्रीराम मेडिकलमा बिक्री गर्न राखेको कोरोना खोप फेला परेको हो ।

शहीदनगर नगरपालिकाको सुशासन समिति र प्रहरीले गरेको संयुक्त अनुगमनका क्रममा उक्त औषधि पसलबाट ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान अस्ट्राजेनेकाको खोप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जानकारी दिनु भयो ।

 

खोप फेला परेपछि श्रीराम मेडिकलका सञ्चालक कमलेश मण्डललाई पक्राउ गरेको उहाँले बताउनु भयो । मण्डललाई पक्राउ गरेर सोधपुछ गर्दा उनले एक जना स्वास्थ्यकर्मीले नै बेच्न दिएको बताएपछि ती स्वास्थ्यकर्मीलाई पनि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले बताउनु भयो ।

‘हामीले म्याद गुज्रेका औषधि हेर्ने बहानामा तीनवटा औषधि पसलमा अनुगमन गर्‍यौं,’ उहाँले भन्नु भयो , ‘कोरोनाविरुद्वको खोप बेच्न राखेको पूर्व सूचनाको आधारमा हेर्दा मण्डलको पसलमा फेला परेको हो ।’प्रहरीले बरामद गरेको कोरोनाविरुद्धको खोप फेला परेकामध्ये भेरोसेलका १ भाइल तथा अस्ट्राजेनेकाको भाइल खुलेको पाइएको उहाँको भनाइ छ ।पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय यदुकोहामा राखिएको र थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu