Connect with us
Kapilvast Forest

एमालेको बागमती इञ्चार्ज शाक्य कि बादल ?

२०७८, ३१ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौँ- नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा बागमती प्रदेशको इञ्चार्जका रुपमा रामबहादुर थापा ’बादल’ले नै सम्बोधन गर्नुभएको छ । कार्यक्रम सञ्चालकले उहाँलाई बागमती प्रदेशको इञ्चार्जकै रुपमा सम्बोधनका लागि अनुरोध गरेका थिए ।

बादल अघि भेलालाई प्रशिक्षण दिनुभएका बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भने सञ्चालकले सम्बोधनका क्रममा बागमती प्रदेश मुख्यमन्त्री र उपाध्यक्षका रुपमा प्रशिक्षणका लागि बोलाएका थिए ।

नेकपा एमालेको संगठन संरचना २०७५ जेठ २ मा फर्किएको बताइए पनि एमालेका अधिकांश कार्यक्रममा त्यसको ’कार्यान्वयन’ नभएको पाइन्छ । पार्टी भित्र भएको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनलाई लैजाने भनिए पनि त्यसको पूर्ण पालना भने भएको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu