Connect with us
Kapilvast Forest

नेपालमा बाल र मातृ मृत्यु दर घट्यो

२०७८, ३१ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौँ – नेपालमा परिवार योजनाको कार्यक्रमको प्रभावकारी कार्यान्वयनले १० प्रतिशत बाल मृत्यु दर र २० प्रतिशत मातृ मृत्यु दर घटेको पाइएको छ । आठौँ राष्ट्रिय परिवार नियोजन दिवसका अवसरमा आज बिहीवार काठमाण्डाैमा आयोजित कार्यक्रममा याे जानकारी दिइएको हो ।

परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले नेपालमा परिवार नियोजनको साधन प्रयोग गरेकाले मृत्यु दर घटेको बताउनुभयो । उहाँले गुणस्तरीय परिवार योजना सेवाको पहुँचले आमा र बच्चाको स्वास्थ्यमा मात्र नभइ सामाजिक तथा विकास क्षेत्रमासमेत सकारात्मक प्रभाव पारेको बताउनुभयो । सरकारले परिवार योजनामा एक रुपैयाँ खर्च गर्दा स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा ३.१ रुपैयाँ प्रतिफल हुने सरकारको परिवार नियोजन लागत कार्यान्वयन योजनाले प्रक्षेपण गरेको छ ।

सरकारले सबै तहमा स्वास्थ्य सेवा केन्द्र तथा गैरसरकारी संस्थाद्वारा सञ्चालित क्लिनिक र औषधि पसलमा गर्भनिरोधका स्थायी/अस्थायी साधन र सेवा उपलब्ध गराउँदै आएको छ । असुरक्षित यौन सम्पर्कका कारण अनिच्छित गर्भ रहने सम्भावना धेरै हुने, यस्तो अवस्थामा असुरक्षित गर्भपतन र असुरक्षित सुत्केरी हुने सम्भावना बढ्छ । यसबाट मातृ तथा शिशुको रुग्णता र मृत्यु हुने सम्भावना पनि बढी हुन्छ ।

परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुख कविता अर्यालले कोभिड–१९ को महामारी र निषेधाज्ञाले परिवार नियोजन सेवाको पहुँच घट्न गइ अनिच्छित गर्भ हुनेको सङ्ख्या बढेको बताउनुभयो ।

यही असोज २ गते ‘कोभिड–१९ को महामारी : परिवार योजना सेवामा सबैको पहुँच बराबरी’ भन्ने आर्दश वाक्यका साथ दिवस मनाउन लागिएको छ । नेपाल बहुसूचक क्लस्टर सर्वेक्षण–२०१९ अनुसार नेपालमा ४४ प्रतिशत मानिस परिवार नियोजन साधन प्रयोग गर्ने गर्दछन् । दिगो विकासको लक्ष्यअनुसार नेपालले सन् २०३० सम्ममा ६० प्रतिशत साधन प्रयोग गर्ने सङ्ख्या पुर्‍याउनुपर्ने हुन्छ ।

आधुनिक परिवार नियोजन साधनको प्रयोग दर सबभन्दा बढी ३५ देखि ४४ वर्ष उमेर समूहमा हुने गरेको छ । परिवार योजना ठिकसँग अपनाउन सकेको खण्डमा आमा, नवशिशु र बाल स्वास्थ्यमा सुधार ल्याउन, आर्थिक सुधार गर्न, शिक्षा र रोजगारीको अवसर प्राप्त गर्न, एचआईभी सङ्क्रमण रोकथाम गर्न सकिन्छ ।

अहिले नेपालमा नौ वटा आधुनिक परिवार नियोजनको साधन/विधि उपलब्ध गराइँदै आएको छ । सन् १९७६ देखि २०१९ को बीचमा परिवार नियोजन सेवाको प्रयोग दर २.९ देखि ४७ प्रतिशत बढेको र कुल प्रजनन दर ६.३ बाट २.० मा घटेको पाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu