Connect with us
Kapilvast Forest

आज चीनबाट ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै

२०७८, १ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौँ– सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ ।उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान राति ११ बजे त्यसतर्फ प्रस्थान गरेको हो । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप आज दिउँसो २ बजे आइपुग्ने जानकारी दिनु भयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार चीनसँग खरिद गरिएको उक्त खोप दिउँसो नेपाल आइपुग्ने र केही दिनमा फेरि खोप अभियान शुरु गरिने जानकारी दिनु भयो ।

सरकारले ६० लाख डोज खोप खरिद गरेकामा यसअघि १६ लाख डोज नेपाल ल्याइसकिएको छ । नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ ।सरकारले असोज मसान्तसम्म थप १ करोड डोज खोप ल्याउने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu