Connect with us
Kapilvast Forest

आजदेखि सहुलियत पसल सञ्चालनमा,कुन सामानमा कति छुट

२०७८, १ आश्विन शुक्रबारमा प्रकाशित

 

काठमाडौं-सरकारले आज (शुक्रबार)देखि देशका विभिन्न स्थानमा दशैंरतिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो ।

 

सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

दशैं÷तिहारलाई लक्षित गर्दै व्यापार कम्पनीले देशभरका ४३ स्थानमा, कर्पोरेशनले ३२ र राष्ट्रिय दुग्ध विकास संस्थानले १० स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएका हुन् । व्यापार कम्पनी, कर्पोरेशन र दुग्ध विकास संस्थानले उपत्यकामा पनि सहुलियत पसल सञ्चालन गर्नेछन् ।

आजदेखि सञ्चालनमा ल्याइएको सहुलियत पसल कात्तिक २४ गतेसम्म चल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । यस बीचमा व्यापार कम्पनी र कर्पोरेशनले घुम्ती पसल समेत सञ्चालनमा ल्याउनेछन् ।व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले काठमाडौं उपत्यकासहित देशभरका ३७ जिल्लाबाट दशैं÷तिहार लक्षित व्यापार गर्ने बताउनु भयो ।

कुन सामानमा कति छुट
सरकारले सञ्चालनमा ल्याउने सहुलियत पसलमा दैनिक अत्यावश्यक वस्तुको मूल्यमा छुट दिइन्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका संघ संस्था र पदाधिकारीबीच बसेको बैठकले दशैंमा छुटसहित अत्यावश्यक वस्तुको बिक्री वितरण गर्ने निर्णय गरिसकेको छ ।

वस्तु     छुट मूल्य (प्रतिकेजी-लिटर)

नून –   २ रुपैयाँ

दाल  –  ५ रुपैयाँ

चिउरा –  ५ रुपैयाँ

आटा –  ५ रुपैयाँ

तेल (तोरी)  – ५ रुपैयाँ

तेल (सूर्यमुखी) –  ५ रुपैयाँ

चिनी –  ५ रुपैयाँ

चामल – ५ रुपैयाँ

खासी/बोका (जिउँदो) – १० रुपैयाँ

सिमी – १० रुपैयाँ

फापर  –  १० रुपैयाँ

तेल (भटमास)   –  १० रुपैयाँ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu