Connect with us
Kapilvast Forest

जय बुद्धले खुल्ला नृत्य प्रतियोगिता गर्ने

२०७८, १ आश्विन शुक्रबारमा प्रकाशित

कमल बिष्ट – कपिलवस्तु जय बुद्ध सामाजिक युवा क्लब शिवराज नगरपालिका १ बेलौती कपिलवस्तुले बिजया दशमीको अवसरमा खुल्ला नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

बिगतका वर्षहरुमा क्लबले गर्दै आएको विविध सास्कृतिक कार्यक्रम लाई निरन्तरता दिदै यस वर्ष १४ औं सास्कृतिक कार्यक्रमको आयोजना गरी खुल्ला नृत्य प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष तिलकबहादुर पुनले जानकारी दिनुभयो ।

नृत्य प्रतियोगितामा भाग लिएर प्रथम स्थान हासिल गर्ने लाई नगद रु २० हजार त्यसैगरी द्वीतीय हुने लाई नगद रु १० हजार र तृतीय हुनेलाइ नगद रु ५ हजार साथमा आकर्ष ट्रफि र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव केशर थापाले जानकारी दिनुभयो । प्रतियोगिले संस्कृति र सन्देश झल्काउने नृत्य प्रस्तुत गर्नुपर्ने जनाउदै कम्तीमा ४ जनाको समुहमा र ४ मिनेटको गितमा नृत्य प्रस्तुत गर्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागीता जनाउन इच्छुकले शिवराज नगरपालिका १ बेलौतीमा रहेको जय बुद्ध सामाजिक युवा क्लबको कार्यालयमा सम्पर्क गरी यही असोज १२ गते भित्र टिम दर्ता गरीसक्नुपर्ने आयोजकले जनाएको छ , कार्यक्रम यही असोज २७ गते बेलुका ७ बजे बाट बेलौतीमा अवस्थित दुर्गा मन्दिरको प्राङ्गणमा हुनेछ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu