Connect with us
Kapilvast Forest

‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणिलाई

२०७८, ३ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं-लोकप्रिय स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जित्नु भएको छ । शनिबार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जित्नु भएको हो ।

उपाधिसँगै उहाँले कार र २५ लाख रुपैयाँ पुरस्कार जित्नु भएको छ । विभिन्न चरण हुँदै भरतमणिसँगै सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा फाइनलमा पुग्नु भएको थियो ।

 

उपाधि जितेका भरतमणि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि दर्शकको ‘नोटिस’मा पर्नु भएको थियो । त्यस्तै उहाँले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गर्नु भएको थियो । जुन प्रस्तुतीबाट निकै तारिफ पार्नु भएको थियो । उहाँ ‘कमेडी च्याम्पियन’मा सात पटकसम्म ‘पर्फर्मर अफ द राउण्ड’ बन्नु भएको थियो ।

विशाल भण्डारीले निर्देशन गर्ने ‘कमेडी च्याम्पियन’ कान्तिपुर टीभी र युट्युब च्यानल ‘ओएसआर रियालिटी’बाट प्रशारण हुँदै आएको थियो । यसको पहिलो सिजनबाटै निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई रहनु भएको थियो भने शोलाई रीमा विश्वकर्माले होस्ट गर्दै आउनु भएकोथियो । ‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बन्नु भएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu