Connect with us
Kapilvast Forest

पाकिस्तान नेपालसँग सहकार्य गर्न चाहन्छ : पाकिस्तानी प्रधानमन्त्री खान

२०७८, ७ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं-पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवर्द्धन गर्न आफू तत्पर रहेको बताउनुभएको छ ।पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग हिजाे मङ्गलवार भएको भेटमा उहाँले पारस्परिक सम्बन्ध प्रवर्द्धनका निम्ति नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताउनुभएको इस्लामाबादमा रहेकाे नेपाली राजदूतावासले जनाएको छ ।

राजनीतिमा प्रवेश गर्नुअघि स्वतन्त्र नागरिकका रूपमा आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री खानले सांस्कृतिक एवम् भौगोलिक विविधताका कारण पाकिस्तान र नेपालबीच धेरै समानता छन् भन्नुभयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको सुख, सुस्वास्थ्यका साथै नेपाल र नेपाली नागरिककाे निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । सद्भाव, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र पाकिस्तानबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको चर्चा गर्दै राजदूत अधिकारीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का संस्थापक दुवै राष्ट्रको संयुक्त राष्ट्र सङ्घलगायत अन्य महत्त्वपूर्ण मञ्चहरूमा समान धारणा रहेको बताउनुभयो । उहाँले नेपाल र पाकिस्तानबीच सांस्कृतिक एवम् साहसिक पर्यटन प्रवर्द्धनका प्रशस्त सम्भावना रहेका बताउँदै त्यस निम्ति आफूले हरसम्भव प्रयास गर्ने दृढता व्यक्त गर्नुभयो ।

कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा पाकिस्तानले गरेको नैतिक एवम् आर्थिक सहयोगप्रति राजदूत अधिकारीले कृतज्ञता ज्ञापन गर्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu