Connect with us
Kapilvast Forest

स्व. नन्दराम पौडेल स्मृति पत्रकारिता पुरस्कार थापालाई

२०७८, ८ आश्विन शुक्रबारमा प्रकाशित

हरि घिमिरे- कमन नेपाल प्रा.लि.द्धारा स्थापना गरिएको स्व. नन्दराम पौडेल स्मृति पत्रकारिता पुरस्कार पत्रकार विकास थापालाई प्रदान गरिएको छ । कमन नेपाल प्रा.लि.को १५ औं बार्षिक साधारण सभाको अवसर पारेर नगद तथा सम्मान पत्र सहित थापालाई पुरस्कृत एवं सम्मानित गरिएको हो  ।

बाणगंगा वडा न.७ को सनराईज रिसोर्टमा भएको कार्यक्रमा प्रमुख अतिथि प्रदेश सभा सदस्य विष्णु पन्थी, संविधान सभा सदस्य विशराम थारु, कमन नेपाल प्रा.लि.का अध्यक्ष डम्मर शर्मा, स्व. नन्दराम पौडेलकि पत्नी कमला पौडेल, संस्थाका प्रवन्धक लक्षमण वेल्वासेले संयुक्त रुपमा  पौडेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्नु भएको थियो ।

पुरस्कार प्रदान पश्चात कार्यक्रमा प्रमुख अतिथि समेत रहनुभएका प्रदेश सभा सदस्य विष्णु पन्थीले कमन नेपाल प्रा.लि.को लागि जति योगदान गर्नुपर्नेहो त्यति हुन नसकेकोमा आत्मालोचना गर्नु भएको छ । सांसद पन्थीले सस्थांको हित र संरक्षणमा मर्यादा पुर्वक लाग्न सवैमा आग्रह गर्नुभयो । त्यस्तै उहाँले स्थापनाकाल देखि कार्य गर्नु भएका प्रधान सम्पादक गुमाउन परेकोले संस्थामा ठुलो क्षति पुगेको बताउनु भयो ।

यसैविच संविधान सभा सदस्य विश्राम प्रसाद थारुले कमन नेपाल प्रा.लि.को आगामि यात्रा सुखद,व्यवसायिकिकरणको शुभकामना व्यक्त गर्नु भएको छ  ।

प्रा.लि.को १५औै बार्षिक साधारण सभामा संस्थाका अध्यक्षले समंग्र सस्थाको अवस्था बारे जानकारि गराउँदौ आफ्नो प्रतिवेदन शार्वजनिक गर्नु भएको थियो । त्यस्तै संस्थाका आर्थिक समिति प्रमुख भेषराज पाण्डेले आर्थिक बर्ष २०७७÷०७८को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कमन नेपाल प्र.लि.मा स्थापनाकाल देखि प्रधान सम्पादकको जिम्मेवारीमा रहेर कार्य गरिरहनु भएका पौडेलको २०७७ चैत्र ३१ गते सडक दुर्घटनामा परेर मृत्यु भएको थियो ।

करिव चौध बर्ष सम्म प्रधान सम्मपादकको रुपमा संस्थालाई योगदान गर्नु भएका स्व. पौडेलको सम्झनामा  पुरस्कार स्थापना गरिएको कमन नेपाल प्रा.लि.ले जनाएको  छ । सस्थाका सदस्य पोमनारायण पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका प्रवन्ध निर्देशक लक्षमण वेल्वासेले गर्नु भएको थियो ।कार्यक्रममा संस्थाका सेयर सदस्य तथा कर्मचारीको उपस्थीति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu