Connect with us
Kapilvast Forest

एकीकृत समाजवादी दर्ताविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

२०७८, ८ आश्विन शुक्रबारमा प्रकाशित

 

काठमाडौं – राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा नेकपा एकीकृत समाजवादी दर्ताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश जारी नहुने भनी आदेश गरेको हो । संवैधानिक इजलासले कारण देखाउ आदेश भने जारी गरेको छ ।

 

सरकारले २ भदौमा ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश गलत भएको र त्यसका आधारमा एकीकृत समाजवादी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu