Connect with us
Kapilvast Forest

सोमालियामा आत्मघाती कार बम विस्फोटमा परि ८ जनाको ज्यान गयो

२०७८, ९ आश्विन शनिबारमा प्रकाशित

प्रतिनिधि मुलक तस्विर

एजेन्सी  – सोमालियमा आत्मघाती कार बम विस्फोट हुँदा ८ जनाको ज्यान गएको छ ।

शनिबार सोमालियाको राजधानी मोगाडिसुमा राष्ट्रपति भवनको नजिकै बम विस्फोट भएको त्यहाँका स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सीले रोयटर्सले जनाएको छ । अलकाइदा निकट अल सहाबले राष्ट्रपति भवनतिर जाँदै गरेको एक समूहमाथि लक्षित गरेर आक्रमण गराएको बताइएको छ ।

सोमालियन प्रहरी प्रवक्ता अब्दिफता अदेनले यो नरसंहारको पछाडि अल सहाबको हात रहेको बताउनुभएको छ । उहाँका अनुसार आक्रमणमा दुई बच्चासहित एक आमाको पनि ज्यान गएको छ । अहिलेसम्म आठ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएका प्रहरीले जनाएको छ ।रिउटर्सका अनुसार घटनास्थल रगताम्य भएको छ भने सात कार र तीन रिक्सा पनि पूर्णतया ध्वस्त भएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu