Connect with us
Kapilvast Forest

शिवराज ८ मा पासिको अध्यक्षता मुक्ति समाजको वडा कमिटी गठन

२०७८, ९ आश्विन शनिबारमा प्रकाशित

 कपिलवस्तु –नेपाल उत्पीडित जातिय मुक्ति समाज शिवराज नगरपालिका वडा नम्बर ८ को वडा भेला सम्पन्न भएको छ । सम्पन्न भेलाबाट रामबिलास पासिको अध्यक्षतमा २५ सदस्य नेपाल उत्पीडित जातीय मुक्ति समाज वडा कमिटि गठन गरेको छ । भेलाबाट कमिटि उपाध्यक्षमा लोकबहादुर सुनार, सचिब अर्जुन पासि, कोषध्यक्ष मुकेश पासि, सह सचिब सारदा रैदास रहेको २५ सदस्यीय वडा कमिटी गठन भएको छ ।
सम्पुर्ण उत्पीडित दलित एक हौ भन्ने मुल नारा सहित भएको भेलामा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सचिवालय सदस्य तथा मुक्ति समाज लुम्बिनी प्रदेश सचिव सि. बी. गहतराजले युगौ देखि दलित र उत्पीडितवर्गहरु जातीय बिभेदमा पर्दै आएकाले अब जातीय र वर्गीय मुक्तिका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाजमा गोलवद्ध भएर जातीय र वर्गीय विभेद अन्त्य गर्ने आन्दोलनमा गोलवद्ध हुनुपर्ने बताउनुभयो ।
समाजमा रहेको रुढीवादी प्रम्परा जातीय छुवाछुतको अन्तका लागि सधैब आवाज उठाउने पाटि नेकपा ऐमाले भएको हुदा सबै दलित समुदायका मानिस गोलबद्ध भएर स्थानीय सरकार देखि प्रदेश, केन्द्र सरकार सम्म एमाले विजयी बनाउनुपर्नेमा मुक्ति समाज लुम्बनी प्रदेश सचिव गहतराजले जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा नेकपा ऐमाले जिल्ला सचिबालय सदस्य तथा शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले राज्यले कानुन बनाएर छुवाछुतको अन्त्यको प्रक्रिया थालेपनि सामाजिक हिसाबले समस्या कायम रहेको बताउदै यसको अन्त्य अनिवार्य रहेको बताउनुभयो । सुकुम्वासि सम्स्या समाधानका लागि नेकपा ऐमाले ओलि सरकारले कामलाई अन्तिम चणमा पुराएको तर देउवा सरकारले आयोग विगठन गरेरर सम्पुर्ण दलित भुमिहिन सुकुम्वासीहरूको पेटमा लात हानेको नेकपा ऐमाले जिल्ला कमिटि सदस्य तथा लुम्बनी प्रदेश सभा सदस्य अर्जुन के..सिले बताउनुभयो ।
सामाजिक अन्धविश्वास, रुढिवादी प्रम्परालाई हटाउने भनेको शिक्षाको ज्योति भएकोले सबैले अनिवार्य छोराछोरीहरुलाई पढाउनु पर्नेमा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा शिवराज नगर उप प्रमुख शिवकुमारी थारुले जोड दिनुभयो ।
कार्यक्रममा छुवाछुतको प्रथा बिरासतका रुपमा चलिआएको प्रथा भएकाले दलित र गैर दलितले संयुक्त अभियानका रुपमा विभेदको अन्त्यका लागि लाग्नुपर्नेमा नेकपा ऐमाले जिल्ला कमिटि सदस्य तथा शिवराज नगर अध्यक्ष जगत पौडेल, नेकपा ऐमाले कपिलवस्तु जिल्ला कमिटि सदस्य महादेव पोखे्रल लगायतले जोड दिनुधएको थियो । नेकपा एमाले वडा नं ८ वडा कमिटि अध्यक्ष नोगेन्द्र पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकबहादुर सुनारको स्वागत मन्तव्य र देबराज चौधरीको सन्चालन रहेको थियो ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu