Connect with us
Kapilvast Forest

जसपा नेपालको पार्टी शुद्धीकरण अभियान तिब्र गतिमा जारी

२०७८, ९ आश्विन शनिबारमा प्रकाशित

बृजेश यादव- कपिलवस्तु-
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले जिल्लाका दशै स्थानीय तहमा अहिले पार्टी शुद्धिकरण र जनजागरण अभियान तिब्र गतिमा जारी राखेको छ ।

शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरी, युवा नेता रहिश शाहको अगुवाईमा अभियान तिब्र गतिमा अघि बढेको छ ।
संघियता, सुशासन,समृद्धि र समाजबादको प्रभाव अनुसार जनता समाजबादी पार्टी नेपाल कपिलवस्तुले शुद्धीकरण अभियान अन्तर्गत स्थानीय तहमा अभियान तिब्र गतिमा अघि बढाएको छ ।

जसपा नेपाल कपिलवस्तुले सुदृढीकरण अभियान अन्तरगत शिवराज नगरपालिका ३ मा
रमेश थारुको अगुवाइमा बिभिन्न पार्टी परित्याग गरी सयौं भन्दा धेरै नेता कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गरेको जसपा नेपालका युवा नेता रहिश शाहले जानकारी दिनुभयो । नागरिकको समस्य समाधान गरि हल पल हरवक्त हामी साथ सहयोग गरिरहेकोले नागरिकहरु जसपा प्रती प्रेरित भएको नेता शाहले बताउनु भयो ।

जसपा नेपालको अभियान सबै वडामा तिब्र गतिमा जारी राखेको शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरीले बताउनु भयो ।

नागरिकको रोजाइ जसपा रहेकोले जसपामा प्रवेश गर्नेको जनलहर नै चलेको अध्यक्ष चौधरीले बताउनु भयो ।

अभियानमा जसपा नेपाल जिल्ला सदस्य प्रभु यादव, सनाउल्ला मुसलमान, पारस केवट, नगर उपाध्यक्ष प्रमिला चौधरी लगायतको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu