Connect with us
Kapilvast Forest

धर्म परिवर्तनको आरोपमा ४ कोरियाली नागरिक पुर्पक्षका लागि थुनामा

२०७८, १२ आश्विन मंगलवारमा प्रकाशित

 

पोखरा — विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पक्राउ परेका चार कोरियाली नागरिकलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको छ ।

 

 

पोखराको पृथ्वीचोकस्थित अन्ना पाउल गेष्टहाउसका सञ्चालक पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा र किम युङहिलाई सोमबार अदालतले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको हो ।

थुनछेक बहसपछि जिल्ला न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलाशले चारैजना कसुरदार होइनन् भनी भन्न नमिल्ने भन्दै कारागार पठाउने आदेश गरेको हो । जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुका अनुसार फौजदारी कार्यविधि संहिताको दफा ६७ बमोजिम उनीहरु पुर्पक्षका लागि थुनामा पठाइएको हो । ‘प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाललाई कारागार पठाउनु,’ आदेशमा छ ।

कोरियाली नागरिकमाथि गेष्टहाउसमा मानिसहरू जम्मा गरेर खाजा खुवाउने, भजनकिर्तन गर्ने, आर्थिक सहयोग र उपचार खर्च, बालबालिकालाई निःशुल्क विद्यालय पढाउने, चर्चमा लैजाने र धर्म परिवर्तन गराएको आरोप स्थानीयले लगाएका थिए ।

 

कतिपय किशोरकिशोरीलाई ट्युसन पढाउने क्रममा क्रिश्चियन धर्मसम्बन्धी काम गर्ने, बाइबलका श्लोक र भजन गाउन लगाउने आरोप लागेपछि भदौ २९ मा प्रहरीले उनीहरुलाई पक्राउ गरेबको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu