Connect with us
Kapilvast Forest

स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई अनुमोदन

२०७८, १२ आश्विन मंगलवारमा प्रकाशित

एजेन्सी— स्विट्जरल्यान्डमा भारी मतसहित समलिंगी विवाहलाई मान्यता दिएपछि यहाँका लैंगिक अल्पसंख्यक समुदायले खुसी मनाएका छन् । राष्ट्रव्यापी जनमत संग्रहले समलिंगी विवाहलाई मान्यता दिएपछि उनीहरुले सप्तरंगी झण्डा फहराउँदै र अंकमाल गर्दै खुसी मनाएका छन् ।

आधिकारिक मत परिणाम अनुसार स्विट्जरल्यान्डका प्रत्येक राज्यमा आधाभन्दा धेरै मतदातालेले समलिंगी विवाहको पक्षमा मतदान गरेका छन् । कानूनमन्त्री करिन केलरका अनुसार सरकारले यो निर्णयलाई छिट्टै कार्यान्वयन गर्नेछ । समग्रमा ६४।१ प्रतिशत मतदाताले समलिंगी विवाहको पक्षमा समर्थन जनाए । अब नयाँ नियम जुलाइ १ देखि लागु हुने बताइएको छ ।

स्विट्जरल्यान्डले २००७ मा नै समलिंगी पार्टनरलाई सँगै बस्न दिए पनि विवाहको अधिकार थिएन । पछिल्लो पटक समलिंगी विवाहलाई अनुमोदन गरिएपछि यहाँ भविष्यमा सबै जोडीलाई समान व्यवहार गरिने अपेक्षा गरिएको छ । यससँगै समलिंगी जोडीहरुले पनि विपरीत लिंगी जोडीले झैं बालबालिकालाई ग्रहण गर्न सक्नेछन् । साथै लेस्बियन जोडीका लागि पनि विर्यदान उपयोग गर्न पाउने अधिकार दिइएको छ ।

स्विट्जरल्यान्डमा लैंगिक अल्पसंख्य समुदायले पाएको यस्तो अधिकारलाई एक ऐतिहासिक दिनको रुपमा हेरिएको छ । उक्त समुदायका अगुवाहरुले आफूहरु वर्षौँदेखि यही दिनको प्रतिक्षामा रहेको प्रतिक्रिया दिएका छन् ।

एलजीबीटी एसोसिएसन जेनेभा फेडेरेसनका सहअध्यक्ष लौरा रुसोले भनेकी छन्, ुयो एक महान उपलब्धी हो । जुन दिनको पर्खाइमा हामी वर्षौँदेखि थियौं । यो पहल २०१३ देखि नै भएको थियो । जसलाई सम्भव बनाउन हामीले ८ वर्ष पर्खनुपर्‍यो ।ु

 

तर केही कन्जरभेटिभ पार्टीका नेताहरु अझै पनि समलिंगी विवाहको विपक्षमा छन् । स्थानीय मिडियाका अनुसार उनीहरुले यो प्रक्रियालाई नै रोक्ने प्रयासमा थिए । ८५ लाख जनसंख्या भएको स्विट्जरल्यान्ड लैंगिक समानताको सवालमा भने अनुदार नै मानिने गरिन्छ । यहाँ १९९० मा मात्रै महिलाहरुलाई मताधिकार दिइएको हो। पश्चिम यूरोपका धेरैजसो देशहरुमा भने समलिंगी विवाहलाई यसअघि नै स्वीकार गरिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu