Connect with us
Kapilvast Forest

२५ वर्षअघि युवती बेचेको आरोपमा पक्राउ

२०७८, १२ आश्विन मंगलवारमा प्रकाशित

pakrau

 

काठमाडौँ — २५ वर्षअघि भारतमा नेपाली युवती बेचेको आरोपमा एक महिला पक्राउ परेकी छन् । प्रहरीको मानव बेचबिखन ब्युरोले काठमाडौंको पेप्सीकोलाबाट लक्ष्मी परियारलाई पक्राउ गरेको हो । उनी आफूलाई लक्ष्मी केसी, लक्ष्मी विश्वकर्माजस्ता नामले चिनाउँथिन् । ४८ वर्षीया उनीमाथि २३ वर्षको हुँदा युवती बेचबिखन गरेको आरोप छ ।

ब्युरोका अनुसार उनले राम्रो काममा लगाइदिने भन्दै २०५३ असार ४ मा २० वर्षीर्या युवतीलाई एक पुरुषसँग भेट गराइदिएकी थिइन । जागिरको प्रलोभनमा परेकी युवतीलाई अर्का पुरुषसमेत मिलेर काँकडभिट्टा हुँदै कोलकाता पुर्‍याएका थिए । उनीहरुले यौन व्यवसाय सञ्चालन हुने एक कोठीमा आफूलाई भारु ३० हजारमा बेचेको पीडित युवतीले प्रहरी बयानमा बताएकी थिइन् ।

 

ब्युरोका अनुसार बिरामी परेर उपचारका क्रममा निस्कँदा ती युवती भागेर कोलकाताको संस्था नेपाली केन्द्रीय सेवा संघको सम्पर्कमा पुगेकी थिइन् । संघका सदस्य ओमबहादुर गुरुङले पीडित युवतीलाई नेपाली महावाणिज्य दूतावासमा बुझाइदिएका थिए । उद्धार भएर २०५३ साउन १ मा काठमाडौंमा आएपछि उनले प्रहरीमा लक्ष्मीविरुद्ध जाहेरी दिएकी थिइन् ।

ब्युरोले झन्डै २५ वर्ष पुरानो लक्ष्मीको फोटोका आधारमा अनुसन्धान अघि बढाएको थियो । ब्युरोका प्रवक्ता एसपी अनुरागकुमार द्विवेदीका अनुसार अहिले लक्ष्मीमाथि बयान चलिरहेको छ । उनीमाथि जिउ मास्ने कार्य (नियन्त्रण) ऐन २०४३ तथा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu