Connect with us
Kapilvast Forest

उत्तरी नाइजेरियामा विद्रोहीको आक्रमणमा २२ सुरक्षाकर्मीसहित ५६ जनाको मृत्यु

२०७८, १२ आश्विन मंगलवारमा प्रकाशित

 

एजेन्सी – उत्तरी नाइजेरियाका विभिन्न राज्यहरुमा भएका श्रृंखलावद्ध आक्रमणमा दर्जनौ सर्वसाधारण मारिएका छन् ।उत्तरपश्चिम राज्य कड्डुना राज्यको एउटा गाउँमा बन्दुकारीले आक्रमण गर्दा कम्तिमा ३४ जनाको मृत्यु भएको छ ।

आक्रमणमा परेर सात जना घाइते भएको बीबीसीले जनाएको छ । बन्दुकधारीको अज्ञात समूहको आक्रमणमा कौराको मदमाई गाउँमा आक्रमण गर्दा ३४ जनाको मृत्यु भएको त्यहाँका राज्य सुरक्षा आयूक्त शमूएल अरुवानले बताएका छन् ।

आक्रमणलगत्तै सुरक्षाकर्मीले केही संधिग्दहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।आक्रमणकारीहरुले चर्चमा भेला भएका सर्वसाधारणलाई निशाना बनाएको समाचारमा जनाइएको छ । यस्तै उत्तरपश्चिमी सोकोटा राज्यमा २२ जना नाइजेरियाली सुरक्षाकर्मी मारिएका छन् ।

राज्य विधानसभाका सदस्य अमीनु गोबीरले आइतबार १७ जना र सोमबार थप पाँच जनाको शव फेला परेको पुष्टि गरेका छन् ।मारिनेहरुमा १४ सैनिक, पाँच प्रहरी र अन्य तीन जना नागरिक सुरक्षा बलका अधिकारी रहेको बताइएको छ । सरकारी अधिकारीहरुले सो आक्रमण इस्लामिक स्टेट समर्थित लडाकूहरुको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।इस्लामिक स्टेट सन् २०१६ देखि अफ्रिकाका विभिन्न क्षेत्रमा संक्रिया रुपमा सशस्त्र संघर्ष गरिरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu