Connect with us
Kapilvast Forest

दुई प्रहरी कार्यालयद्वारा शिवराजमा सार्वजनिक सुनुवाइ कार्यक्रम

२०७८, १२ आश्विन मंगलवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको वडा प्रहरी कार्यालय चन्द्रौटा र इलाका प्रहरी कार्यालय सुन्दरी डाँडा आयोजना मा सोमवार शिवराज ३ खरेन्द्रपुरमा सार्वजनिक सुनुवाइ
तथा सामाजिक तथा धार्मिक सद्भाव कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले नगरलाइ शान्तिपुण बनाउन प्रहरीको अहम मुमिका रहेको बताउनु भयो ।ईमानदारीपुर्वक हामी सबैले न्याय,कानुनका कुराहरु व्यवहारमा लागु गर्दै ब्यवहार परिवर्तन गदैृ अगाडि बढेमा सामाजिक सद्भाव कायम हुने अधिकारीले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै समग्र कपिलवस्तु जिल्लाको शान्ति सुरक्षा कार्यमा सधैं प्रहरी तैनाथ रहेकोेले जनता संग सहकार्य गरि आगाडि बढ्ने बताउनु भएको छ । सार्वजनिक सुनवाइ कार्यक्रम मा नागरिक बाट बढी कुरा थाहा हुने र सामुहिकमा कुरा राख्न आट आउने हुँदा काम गर्न प्रभावकारी रहेकोे बताउनु भयो ।

जिल्ला प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जहाँ सुरक्षा हुन्छ त्यहाँ विकास हुने बताउनु भएको छ । राम्रो काम गर्नको लागि तिता मिठा जस्तो किसिमको प्रश्नले हाम्रो लागि काम गर्न स्वागतयोग्य रहेकोे बताउदै सार्वजनिक सुनवाइमा उठेका सवाल, गुनासोलाई प्रष्ट पार्नु भएको थियो । कार्यक्रम बोल्ने बक्ताहरु ले बिगतमा चाड्पर्व बेला धार्मिक सदभावमा केही खलल पुगेको आगामी दिन यस्तो गर्न नहुने बताएका थिए । सबै जात धर्मलाई सम्मान गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने जोड दिएको थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu