Connect with us
Kapilvast Forest

एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

२०७८, १४ आश्विन बिहीबारमा प्रकाशित

madhav

 

 

काठमाडौँ –नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा रहेका छन् ।

अध्यक्ष नेपाल स्वास्थ्यमा सुधार आएपछि सामान्य कुरा गर्न थालेका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिए ।

अध्यक्ष नेपाललाई केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । वरिष्ठ छाती रोग विशेषज्ञ डा.सन्तकुमार दाससहितको टोली पूर्वप्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu