Connect with us
Kapilvast Forest

काजक्रिया खर्च को लागि ५० हजार सहयोग रकम हस्तान्तरण

२०७८, १५ आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तु -नेपाल तरुण दल र नेविसंघ कपिलवस्तुले आर्थिक अवस्था कमजोर भई काजक्रिया खर्च समेत नभएका बाणगंगाको एक परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । बाणगंगा नगरपालिका वडा नं.५ बैकुण्ठपुर निवासी स्वर्गीय ज्ञानकला खनाल(राधिका)को परिवारलाई सहयोग स्वरुप ५० हजार रकम हस्तान्तरण गरिएको हो । क्यानसर रोगबाट ग्रसीत भएकी स्वर्गीय खनाललाई लामो समयदेखि उपचार गराउँदा पनि निको नभएको र उपचारका क्रममा सम्पूर्ण सम्पत्ति सकिएको थाहा पाउने वित्तिकै नेपाल तरुण दल र नेविसंघ कपिलवस्तुले सहयोग रकम जुटाउने काम गरेको भन्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दुनिका भूसाल, क्षेत्रीय सभापति शालिकराम चौधरी, नगर सभापति विष्णु थापाले आआफ्नो धारणा राख्नुभएको थियो ।

वडा नं.५ मा रहेका नेपाली कांग्रेसका सक्रिय व्यक्तित्वहरु, विभिन्न संघसंस्थाका साथै तरुण दल र नेविसंघ कपिलवस्तुले सहयोग रकम जुटाएको नेपाल तरुण दल कपिलवस्तुका सभापति शक्ति सिंह ठकुरीले बताउनुभयो ।

यस्तै स्वर्गीय खनालकी छोरीलाई कक्षा ९ र १० सम्म निशुल्क पढाउने जिम्मा समेत नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दुनिका भूसालले लिनुभएको नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेलले जानकारी दिनुभएको छ । नेपाल तरुण दल र नेविसंघ कपिलवस्तुले विपन्न तथा आर्थिक अवस्था कमजोर भएकालाई विगतदेखि नै सहयोग गर्दै आईरहेको र आगमी दिनमा पनि यसलाई निरन्तरता दिने क्षेत्रीय सभापति पोखरेलको भनाई छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा रमेश चन्द्र भूसाल, सुर्य बराल, गोविन्द आचार्य, कृष्ण पराजुलि, मिन थापा, दुर्गा जि.सी., किरन पन्थी, बलराम घिमिरे, ईश्वर थापा लगायत कांग्रेसका संक्रिय नेताहरुको सहभागिता रहेको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu