Connect with us
Kapilvast Forest

अस्ट्रेलियाले आउँदो नोभेम्बरदेखि १८ महिना बन्द रहेको सीमा खोल्ने

२०७८, १६ आश्विन शनिबारमा प्रकाशित

एजेन्सी– अस्ट्रेलियामा कोरोना महामारी फैलिएको एक वर्षभन्दा धेरै समय अर्थात् १८ महिनापछि पहिलो पटक आफ्नो देशमा प्रवेश गर्न दिने गरी आउँदो नोभेम्बरदेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्दैछ ।

अहिले आफ्ना नागरिक र विशेष छुट प्राप्त व्यक्तिलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिइएको बीबीसीले जनाएको छ ।अस्ट्रेलियामा गएको वर्षको मार्चमा कोरोना सङ्क्रमणका कारण कडा सीमा नियम लागू गरिएको थियो । यहाँसम्म कि देशका नागरिकलाई नै देशबाट बाहिर जान प्रतिबन्ध थियो ।

कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि यस नीतिको सराहना पनि गरिएको थियो तर परिवारबाट टाढा हुनु परेका कारण यसको आलोचना पनि भएको थियो ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कुनै राज्यमा खोप लगाउनेको सङ्ख्या ८० प्रतिशत पुगेपछि त्यहाँका नागरिकले यात्रा गर्न सक्ने बताउनुभएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu