Connect with us
Kapilvast Forest

उद्योगीहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम

२०७८, १६ आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तु-चन्द्रौटा उद्योग वाणिज्य संघको समन्वय, श्रम तथा रोजगार कार्यालय बुटवलको आयोजनामा श्रम ऐन तथा श्रम अडिट सम्बन्धी विद्यमान कानुनी प्रावधान आवश्यकता र महत्व सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शिवराज नगरपालिका ५ चन्द्रौटामा भएको हो । कार्यक्रममा इजाजत पत्र नलिई आपुर्ती गर्ने र काममा लगाउने दुवैलाई दुईलाख जरिवाना तिर्न लगाउने, रोजगार सम्झौता नगरी काममा लगाउनेलाई प्रतिकामदार १० हजारका दरले जरिवाना गरि सम्झौता एवंम नियुक्ती गर्न आदेश दिने, न्युनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक दिई काम लगाउनेलाई दोब्बर सम्म जरिवाना भराई दिने र कर्मचारीलाई बाधा विरोध गर्नेलाई २० हजार सम्म जरिवाना तिराउने निणर्य गरिएको श्रम तथा रोजगार कार्यालय बुटवल शाखा अधिकृत दामोदर ज्ञवालीले उद्योगीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रम मा बोल्दै उद्योग वाणिज्य संघ चन्द्रौटाका बरिष्ट उपाध्यक्ष ईश्वरी पाण्डेयले यो कार्यक्रम निकै प्रभावकारी रहेको बताउदै उद्योगहरुलाई काननी व्यावधान सम्वन्धी विभिन्न कुरा बुज्न सजिलो भएकोले यस्ता खालका कार्यक्रम आगमी दिनमा पनि संचालन गर्न अनुरोध गर्नु भयो ।

 

कार्यक्रम श्रम तथा रोजगार कार्यालय बुटवल प्रमुख केशवराज भट्राई को अध्यक्षता, उद्योग वाणिज्य संघ चन्द्रौटाका बरिष्ट उपाध्यक्ष ईश्वरी पाण्डेयको प्रमुख आतिथ्यता, महासचिव दमन भाट क्षेत्रीको विशिष्ट आतिथ्यता, कमल पौडेल, टिकारा घिमिरे, लगाएतको आतिथ्यता रहेको थियो भने ३० जना भन्दा बढी उद्योगीहरुको सहभागिता रहेको थियो ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu