Connect with us
Kapilvast Forest

फिलिपिन्सका राष्ट्रपतिद्वारा राजनीतिबाट सन्यासको घोषणा

२०७८, १६ आश्विन शनिबारमा प्रकाशित

काठमाण्डाै – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाट सन्यासको घोषणा गर्नुभएको छ । उहाँले आउँदो वर्ष हुने राष्ट्रपति चुनावसँगै आफूले राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

फिलिपिन्सको संविधान अनुसार राष्ट्रपति पदमा ६ वर्षे कार्यकाल भन्दा बढी बस्न पाइँदैन । संविधानले राष्ट्रपति पदमै दोहोरिन नदिने भएपछि दुतेर्तेले यसअघि आउँदो वर्षको चुनावमा आफू उपराष्ट्रपति पदमा उमेदवार बन्ने बताउनुभयो थियो । तर अहिले भने राजनीतिबाटै सन्यासको घोषणा गर्नुभएको हो ।

दुतेर्तेले छोरी सारा दुतेर्ते कार्पियोलाई आउँदो वर्षको चुनावमा राष्ट्रपति पदका लागि अघि सार्नसक्ने सम्भावना रहेको पनि बीबीसीले जनाएको छ । सारा दुतेर्ते कार्पियो यसअघि बुवाकै निर्वाचन क्षेत्र डाभाओको मेयर बन्नुभएको थियो । राष्ट्रपति दुतेर्ते खास सम्प्रदाय तथा धार्मिक समूहलाई लक्षित गर्दै विवादित अभिव्यक्ति दिने नेताको रुपमा चिनिनुहुन्छ । उहाँको कार्यकालमा हजारौंको न्यायिक हत्या भएको आरोप लाग्ने गरेको छ तर उहाँले भने आफूले लागुऔषध विरुद्धको युद्ध भन्दै आउनुभएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu